दफा ८६
तारिखको दिन मुद्दाका पक्ष अनुपस्थित भएमा त्यसको परिणाम
(१) मुद्दाको कुनै पक्षमा तोकिएको तारिखको दिन वादी हाजिर नभएमा अदालतले निजले दफा ८५ को उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम थमाउने म्यादको हिसाव गरी अर्को तारिख तोक्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम तोकिएको अर्को तारिखको दिन वा सोभन्दा अगावै मुद्दाको पक्ष उपस्थित भई काबू बाहिरको कुनै परिस्थिति परेकोले अघिल्लो तारिखमा उपस्थित हुन नसकेको कुनै मनासिब कारण देखाई ……………….. निवेदन दिएमा अदालतले निजको तारिख थामी कानून बमोजिम मुद्दाको किनारा गर्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम तोकिएको अर्को तारिखको दिन मुद्दाको पक्ष अदालतमा उपस्थित नभएमा समेत अदालतले मिसिल सामेल रहेका प्रमाणबाट प्रतिवादीले वादीको दाबी पूरै वा आंशिक रुपमा स्वीकार गरेको देखिन आएमा वा ठहरेमा त्यस्तो हदसम्म इन्साफ गर्ने गरी र स्वीकार नगरेको वा स्वीकार गरेको नठहरेकोमा त्यस्तो हदसम्म खारेज गर्ने गरी मुद्दाको किनारा गर्नु पर्नेछ ।
तर वादी हाजिर रहेको र प्रतिवादी हाजिर नरहेको अवस्थामा वादी प्रतिवादीको जो बुभ्mनु पर्ने प्रमाण बुझी ठहरे बमोजिम मुद्दाको पैmसला गर्नु पर्नेछ ।
(४) यस संहिता बमोजिम अदालतमा बयान वा प्रतिउत्तरपत्र दिइसकेपछि तोकिएको तारिखमा अभियुक्त वा प्रतिवादी अदालतमा उपस्थित नभए पनि अदालतले कानून बमोजिम मुद्दाको कारबाही र किनारा गर्न सक्नेछ ।